ओलीलाई संविधान दिवस नमनाउन नेता खनालको आग्रह

+
-

काभ्रेपलाञ्चोक, असोज १ 

        नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल खनालले के पि ओलीलाई असोज ३गते संविधान दिवस नमनाउन आग्रह गर्नुभएको छ।

        पेशागत महासंध नेपाल काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले अोलि संबिधानको हत्यारा भएकाले संविधान दिवस मनाउनुको कुनै अर्थ नभएको बताउनुभयो। उहाँले अोलि गणतन्त्रका हत्यारा भएको आरोप लगाउनु भयो। उनले संविधानको धज्जी उडाइरहेका छन। उनी राम  र पशुपतिको शरणमा पुगेर आत्मसमर्पण गरिसकेका छन्।

            राम मन्दिर बनाउने, पशुपतिमा जलप लगाउने कार्य गर्नाले उनि मोदिको बाटोमा हिडेको स्पष्ट देखियो। मोदि गणतन्त्र वादि त होइनन विश्वलाई थाहा छ। फेरि अोलिले चुनावको मुखमा संघीयता बिरोधी प्रोपोगाण्डा पनि मच्चाउन थालेका छन । त्यसैले गठबंधन दलहरुलाई अोलि देखि सजक हुनु समेत उहाँले सचेत गराउनु भएको छ ।