अ+
अ
अ-
काभ्रेपलाञ्चोक,भाद्र ३०
नेकपा ( एकीकृत समाजवादी )पेशागत महासंघ नेपाल काभ्रेपलाञ्चोकले जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। प्रशिक्षण भेला असोज १ गते शनिबार बनेपा स्थिति पार्टी कार्यालयको सभामा हुने जनाइएको छ।
पेशागत महासंध नेपालका केन्द्रीय अध्यक्ष तथा पोलिट्व्यूरो सदस्य प्रेमल खनालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महासंघ आबद्ध घटक सङ्घहरूको जिल्ला समिती पनि पुनर्गठन गरिने छ।
“टुट ,फुट विभाजनका विरुद्ध सुदृढ र एकीकृत संगठन समाजवाद र समृद्ध जीवन हाम्रो अभियान” भन्ने मुल नारा रहेको कार्यक्रम दिनको सांढे दस बजे देखि सुरु हुने जिल्ला कमिटी सचिव गोकुल गौतमले जानकारी दिनुभयो। साथै सम्बन्धित संगठनका सम्पूर्ण पदाधिकारीलाई उपस्थितिको लागि अनुरोध गर्नुभएको छ।


