महाअभियोग सिफारिस समितिको बयानमा पूर्व न्यायकर्मिहरु उपस्थित नहुने

+
-

काठमाडौं, ३० भाद्र 

संसदबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र पुर्व प्रधानन्यायाधीशहरु जबराको महाअभियोग सिफारिस समितिले बोलाएको बयानमा उपस्थित नहुने भएका छ।

पुर्व प्रधानन्यायाधीशहरु मिन बहादुर रायमाझी,अनुप राज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिले बोलाएको बयानमा जान नसक्ने बताएका छन्। ” पुर्व प्रधानन्यायाधीशहरुको छलफल पश्चात पदिय मर्यादाको बिषय प्रमुख भएकोले हामिले समितिको बयानमा जान नसक्ने भएका हौ “-एक पुर्व प्रधानन्यायाधीशको भनाइ उल्लेख गर्दै स्रोतले बताएको छ।

सर्वोच्चका न्यायाधीशहरुले पनि बयानमा उपस्थित नहुने बताइसकेका छन्। जबराले बयानका क्रममा राजनिति दलका नेता, न्यायाधीश, पूर्वन्यायाधीश, वकिल र कर्मचारीहरु सबैलाई दोष लगाएका थिए।

बयानको क्रममा अन्तिम समयमा पूर्वप्रधान न्यायाधीशहरुलाई पनि एकै घानमा मुछे पछि परिस्थितिले अर्को मोड लिएको हो।