काभ्रेको बेथानचोकमा पहिरोमा परी तीन जनाको मृत्यु

+
-

काभ्रेपलाञ्चोक, ३० भाद्र


काभ्रेको बेथानचोक गाउँपालिका नम्बर ४ स्थित चलाल गणेशमा गएको पहिरोले एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

 मृत्यु हुनेमा ४४वर्षका निरबहादुर तामाङ,४० वर्षिय सावित्री तामाङ र ठुलीमाया तामाङ रहेका छन्। घाइते ठुली माया तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ३बजेर ३० मिनेटमा गएको पहिरोले मृतक तामाङको घर पूर्णरुपले क्षति भएको छ। घरमाथि रहेको ढङ्गा खानीबाट पहिलोआएको हो।

स्थानीय प्रहरीको सहयोगमा उद्धार कार्य भइरहेको जनाइएको छ।