काभ्रेपलाञ्चोक, भाद्र २९
काठमाडौँ र तराइका धेरै जिल्लाहरुमा महामारीको रुपमा डेङ्गु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार लगभग दस हजार जना डेंगुबाट संक्रमित भइसकेका छन्। यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो , यसको संक्रमणले शरीरका विभिन्न अङ्गमा क्षति पुर्याउन सक्छ। त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
यस्ता छन् डेङ्गु का लक्षणहरु
उच्च जरो आउनु, टाउको दुख्नु, आँखाको गेडी र शरीर अत्याधिक दुख्ने हुनु ।
शरीरको जोर्नी दुख्नु , जिउमा डाबर आउने , वाकवाकी लाग्ने, पेट र छाती दुख्ने हुन्छ ।
कहिलेकाहीँ डायरिया हुन्छ,दिशामा रगत देखिने र शरीरका अन्य भागबाट रक्तस्राव हुने समस्या देखिन सक्छ।
डेङ्गुबाट बच्ने उपाए
घर वरिपरि पानी जम्न नदिने।
शरीर ढाक्ने गरी लुगा लगाउने, सुत्दा झुल प्रयोग गर्ने।
पानी धेरै खाने , जथाभावी औषधी प्रयोग नगर्ने,
धेरै मसला र चिल्लो भएका खानेकुरा नखाने।
झोल पदार्थ प्रशस्त पिउने, लामखुट्टे भगाउने खालका सामग्री प्रयोग गर्ने।
जिल्ला स्वास्थ्य प्रमुख डा.पुरुषोत्तम राज सेढाइ सङ्ग टुकि नेट्वोर्कका सहकर्मीले लिनु भएको कुराकानी
https://youtu.be/KMw4kyt1v_s


