अ+
अ
अ-
टुकी संवाददाता
काठमाडौं/नेकपा ( एकीकृत समाजवादी)पार्टीको कान्छो सङ्गठनको रुपमा समाजवादी सहकारी संगठन नेपालको केन्द्रीय कार्यसमितिको घोषणा आज काठमाण्डौको बानेश्वरमा घोषणा भइरहेको छ ।
बानेश्वरको अर्पण बैंकेटमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले घोषणा सभाको ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको, राष्ट्रियसभाका सांसद, पार्टी पोलिटब्युरो सदस्य, समाजवादी प्रेस सङ्गठनका कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदी लगायतको उपस्थिती रहेको छ । कार्यक्रममा देशभरबाट सहकारीकर्मीहरुको सहभागिता जनाएका छन्।


