टुकी संवाददाता
नेकपा( एकीकृत समाजवादी) युवासंघ नेपालको झण्डा किर्गिस्तानको लेलिन पिकमा फहराइएको छ । हिमाल आरोही लालबहादुर जिरेलले युवा सङ्घको लोगो अंकित झण्डा लेलिन पिकमा हराएका हुन्।
नेपालमा थुप्रै हिमाल सफलतापूर्वक चढिसकेका दोलाखा निवासी जिरेल हिमाल आरोहण गर्न किर्गिस्तान पुगेका हुन । जिरेल नेकपा (एकीकृत समाजवादी) बागमती सम्पर्क समन्वय कमिटीका सदस्य हुन्। उनि स्थानिय तह निर्वाचनमा जिरी नगरपालिका वडा नम्बर ४ का उमेरद्वार पनि रहेका थिए।
काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा युवासंघ नेपालका अध्यक्ष नरेश शाहीले उनलाई हिमाल आरोहणको सफलता सहित शुभकामना दिँदै युवा सङ्घको झण्डा प्रदान गरी बिदाइ गरेका थिए। यो कार्यले नेपालको नाम विश्वमा चिनाउन सहयोग मिल्ने युवासंघ नेपालको दाबी रहेको छ।
नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसक्नुभएका जिरेलले यसअघि पनि लेलिन पिकको सफलतापूर्वक आरोहण गरिसक्नुभएको थियो।


