गुरु( शिक्षक)लाई अपमान गरेर विद्यालयमा ताला लगाई कहिले पनि शिक्षामा सुधार गर्न नसकिने शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले बताउनुभयो। धुलिखेलमा आयोजित काभ्रेपलाञ्चोक जिल्लाको शिक्षाक्षेत्रको बर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो।
विद्यालयमा ताला लगाउनु भनेको आफ्नै भविष्यमाथि ताला लगाउनु हो ,भन्दै मन्त्री पौडेलले शिक्षक र विद्यालय वा कलेजमा नराम्रो गतिविधि कहिले गर्न नहुने बताउनुभयो। शिक्षकहरूलाई सम्मान र आदर स्वरुप मन्त्रालयबाटै केही विशेष काम भइरहेको पनि खुलासा गर्नुभयो। शिक्षकहरुलाई प्रोत्साहनस्वरुप राम्रो सेवा सुविधाको लागि मन्त्रालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो।
सरकारले सार्वजनिक विद्यालयहरुलाई सुधार गर्ने अभियान सञ्चालन गरिरहेको छ ,मन्त्रालयका कर्मचारी र विद्यालयका शिक्षाहरू बीचको विभेदपूर्ण सम्बन्धलाई अन्त्य गर्ने कामको सुरुवात भइरहेको छ । मन्त्रालयका कर्मचारीले शिक्षकलाई विद्यालयको अधिकार हस्तान्तरण गर्न नमान्ने जुन समस्या छ त्यो अब छिट्टै नै विद्यालयको अधिकार विद्यालयलाई हस्तान्तरण गर्ने तयारीमा गरिरहेका छौं।
कार्यक्रममा १३वटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षक संगठनका प्रतिनिधिहरु ,विद्यालयका प्राधानाध्यापक हरु, विश्वविद्यालयका प्राध्यापक लगायत विभिन्न कार्यालयका कर्मचारी तथा विज्ञहरूको उपस्थित रहेको थियो।
जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।


