समुद्रमा फेरी बढ्दै माछाः शोध

अ+
अ
अ-

लन्डन, २० पुस । विश्वका सहरहरुको फोहोरो बगेर समुद्रमा जानाले समुद्रका जल प्राणीहरुमा असर परेको समाचार हामीले सुन्दै आएका छौ । प्लास्टिकको फोहोर थुप्रिएर ठुला ठुला ह्वेलहरुको पेटमा पसेपछि समुद्र किनारमा आएर मर्ने गरेका पनि छन् ।

तर, हालैको एक शोधले समुद्रमा कार्बन डाई अक्साइडको मात्रा बढ्नाले माछाका केही प्रजातीहरुको प्रजनन क्षमतमा वृद्धि हुन थालेको र यसले माछाको संख्यामा पनि वृद्धि हुने देखाएको छ । एडिलेड विश्वविद्यालयको एक शोधका अनुसार भविष्यमा अधिक अम्लीय महासागरमा माछाका केही प्रजातीमा प्रजनन क्षमता अधिक हुने छ ।

पानीको पीँधमा पारिस्थितिक अवस्थामा परिवर्तन भएर यो प्रजातीले अधिक शुक्राणु र अण्डा उत्पन्न गर्नेछन् । यसैले माछाको संख्यामा पनि वृद्धि हुने छ ।

यद्यपि कयौ प्रजातीलाई समुद्री अम्लीयकरणका कारण नकारात्मक असर भने पर्ने छ । ट्रिपलएफिनलाई समुद्रको अम्लीयकरणको नकारात्मक असर पर्ने छ । एजेन्सी