भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप

MOSCOW, RUSSIA - AUGUST 6, 2020: Ampoules contain a vaccine for COVID-19 developed by Gamaleya Research Institute of Epidemiology and Microbiology under the Russian Healthcare Ministry. A two-component adenoviral vector-based vaccine, Gam-COVID-Vak will be available to public on January 1, 2021. Russian Direct Investment Fund and Gamaleya Research Center/TASS THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. EDITORIAL USE ONLY Ðîññèÿ. Ìîñêâà. Âàêöèíà äëÿ ïðîôèëàêòèêè íîâîé êîðîíàâèðóñíîé èíôåêöèè COVID-19, ðàçðàáîòàííàÿ Íàöèîíàëüíûì èññëåäîâàòåëüñêèì öåíòðîì ýïèäåìèîëîãèè è ìèêðîáèîëîãèè èìåíè àêàäåìèêà Í.Ô. Ãàìàëåè Ìèíçäðàâà Ðîññèè. Ãàì-ÊÎÂÈÄ-Âàê - âåêòîðíàÿ äâóõêîìïîíåíòíàÿ âàêöèíà íà îñíîâå àäåíîâèðóñà ÷åëîâåêà.  ãðàæäàíñêèé îáîðîò ïðåïàðàò ïîñòóïèò 1 ÿíâàðÿ 2021 ãîäà. ÐÔÏÈ è Öåíòð èìåíè Ãàìàëåè/ÒÀÑÑ ÔÎÒÎ ÏÐÅÄÎÑÒÀÂËÅÍÎ ÒÐÅÒÜÅÉ ÑÒÎÐÎÍÎÉ. ÒÎËÜÊÎ ÄËß ÐÅÄÀÊÖÈÎÍÍÎÃÎ ÈÑÏÎËÜÇÎÂÀÍÈß
अ+
अ
अ-

२४ भदौ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए ।

उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताउनुभयो । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ ।

रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ ।

रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन् । उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए ।-एएनआई/Photo: Agency