काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए

sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;
अ+
अ
अ-

काठमाडौं, २३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय २ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३९६ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ६ सय ११ जनाको पिसीआर परिक्षणमा ९ सय २ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २२ सय ८७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३२ हजार ९ सय ६४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३०० जना र ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको छ ।