समाचार
बालुवाटारबाट ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ

काठमाडौं, १६ साउन । अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास अगाडी धर्ना बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटारमा पक्राउ पर्नेमा विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित अन्य अभियन्ताहरु रहेका छन् । इनफ इज इनफ का अभियन्ताहरु सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेती, सुदन मानन्धर लगायत पक्राउ परेका छन् ।
सामाजिक दुरी कायम गरेर शान्ती पुर्ण दबाब दिने तयारीमा बसेको समयमा पक्राउ गरेको अभियानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । सरकारले शान्तीपुर्ण भेला गर्न पाइने अधिकारको खिल्ली उडाएको विज्ञप्तीमा लेखिएको छ । File photo



