समाचार
विद्यार्थी राजनितिमा चर्चित सागर
इटहरी / साबिक अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट राजनिति शुरू गरेका उनि हाल देश कै ठुलो विद्यार्थी संगठन यूनियनको एउटा कुसल नेता मानिन्छन् । वाल्यकालबाट नै क्रान्तिकारी बिचार राख्ने उनि अन्याय र अत्याचारका निम्ति लड्नुपर्छ भन्ने बिचारमा अडिक रहे । विद्यार्थी राजनितिका साथै पार्टी राजनितिमा समेत सक्रिय उनि उदयपुर जिल्लाको बेलका नगरपालिकाको नगर कमिटि सदस्य समेत हुन् । विद्यार्थी राजनितिका साथै पार्टी राजनितिमा समेत सक्रिय उनि विद्यार्थी माज निकै लोकप्रिय छन् । राजनीति मा जित बिचारको हुन्छ कुनै गुट वा भिडको होईन भन्ने येस्ता माहान बिचार वा मान्यता राखी आमविद्यार्थीहरुसङ हरेक तरिकाले पोहिलो रोजाइ बन्न सफल भएका छ्न ।
को हुन सागर धमला ?
भोजपुर जिल्लाको साबिक वास्तिक गाबिस वडा न ५ पिल्ले ठाउमा वि.स २०५३ साल मङ्सिर २७ गते बास्तिम गाबिस वार्ड नम्बर ५ पिप्लेमा जन्मिएका हुन् । बुबा तुलसी राम धमला र आमा अमृता धमलाका जेठा सन्तान हुन् । भोज पुर जिल्लाको विकट गाउँमा जन्मिएर पनि २३ वर्षको उमेरमा विद्यार्थी राजनीति तथा पार्टी राजनीतिमा सक्रिय हुने धमला लोकप्रिय मानिन्छन् । दैनिक जीवन समेत सञ्चालन गर्न कठिन भए पछि परिवारका साथ २०५४ सालमा उनी भोजपुर बाट उदयपुर जिल्लाको हाल बेलका नगरपालिका वडा नं. ९ राम पुर आय । उदयपुरमा मामा घर समेत नजिकै रहेकाले उनेका बालापनमा मामा घर र घर दुबैको माया पाए । बाल्यकालबाट नै क्रान्तिकारी बिचार राख्ने उनलाई देखेर छिमेकी तथा आफन्तले समेत उनका केही क्षमता रहेको अड्क काट्ने गर्थे । प्रारम्भिक शिक्षा बेलकाको मडिङ रोलिन स्कुलबाट सुरु गरेका उनले २०६९ सालमा एस एल सी पनि त्यही विद्यालयबाट उत्तीर्ण गरे ।
एस एल सी उत्तीर्ण लगत्तै इटहरीको जनता बहूमुखी क्याम्पमा +२ अध्ययनका लागि भर्ना भए । इटहरीको जनता बहूमुखी क्याम्पमा भर्ना भए पश्चात् उनले विद्यार्थी राजनीतिलाई तीव्रता दिए । तत्कालीन ने.क.पा.माओवादी पार्टीको भातृ सङ्गठनको रूपमा रहेको अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को कक्षा कमिटी अध्यक्ष भएर कुशल नेतृत्व निर्वाह गरे । उनी अखिलको क्याम्पस कमिटी उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुँदै विगत चार वर्षबाट अध्यक्षको जिम्मेवारीमा छन् । त्यसै गरी धमला नवगठित नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनमा समेत पभ्रावकारि हिस्सा राख्दै आएका छन् । २०७३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक मत ल्याएर सदस्य पदमा निर्वा्चित समेत भएका थिए । साबिक अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला सदस्य तथा अनेरास्ववियू सुनसरी जिल्लाका प्रभावशाली विद्यार्थी नेताका रुपमा छन । उनि हाल बेलका नगरपालिका नगर कमिटी सदस्य समेत भएका छन् ।


