समाचार
इटहरीमा दुर्घटना, घाइतेको आफन्त खोज्दै प्रहरी
इटहरी । इटहरी चोकमा सवारी दुर्घटना हँदा एक जना घाइते भएका छन् । इटहरी ६ स्थित मुख्य राजमार्गमा सवारी दुर्घटनामा हुँदा अन्दाजी ३० बर्षीय पुरुष घाईते भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शक्त घाईते भई हाल विराटनगर स्थित नोवेल अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको र कोही आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।




