समाचार

यस्तै तरिकाले सरकार चल्छ भने मानव जातीको भविष्य समाजवाद मात्र सुनिश्चित हुन्छ: अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातीको भविष्य समाजवादबाट मात्र सुनिश्चित हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा आज (बिहीबार) पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातिको भविश्य सुनिश्चित नहुने बताए ।

कम्युनिस्ट पार्टीका लागि काम देखाउने समय आएको भन्दै उनले अहिले नगरिए इतिहासले धिक्कार्ने बताए । अध्यक्ष दाहालले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताए । साउन महिनाबाट पार्टीको नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाइने उनको भनाइ थियो । कार्यक्रममा संस्थापक सदस्य कर्मचार्यको तस्विरमा माल्र्यापण गरीएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *