समाचार

उवा संघ इटहरीको चुनावी मतगणना सूरू हुन सकेन

इटहरी / उधोग वाणिज्य संघ इटहरीको चुनावी मतगणना आज विहान ८ बजेबाट शुरु गर्ने भनेतापनी अहिलेसम्म सूरू हुन सकेकाे छैन । असार १४ गते जनता बहुमुखी क्याम्पसको प्रागणमा भएको निर्वाचनको मतगणना उधोग वाणिज्य संघ इटहरीकाे भवनमा वा इटहरी उपमहानगरपालिका काे सास्कृतिक भावनामा भन्ने विषयमा सहमती हुन नसक्दा मतगणना सुरू हुन नसकेकाे हाे ।अहिले सहमतीकाे लागी दुवै पक्ष बिच छलपल भइरहेकाे छ । हिजो बेलुका ०५.३० बजे सकिएको निर्वाचनको मतगणना आज बिहान ०८ बजे देखि शुरु गर्ने भनिएकाे थियाे । उधोग वाणिज्य संघ इटहरीको कुल मतदाता ६१०० मध्ये ५०६८ व्यवसायीहरुले निर्वाचनमा सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *