समाचार
आउदो दशैंमा रिलिज हुने भयो साम्राज्ञी र अंकित शर्माको ‘रातो टिका निधारमा’
काठमाडौँ – चर्चित निर्देशक अशोक शर्माको फिल्म ‘रातो टिका निधारमा’को छायांकन काम सकिएको छ । फिल्म ‘रातो टिका निधारमा’को छायांकन २९ दिनमा काठमाडौंमा सकिएको हो ।
दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक अशोकका छोरा अंकित शर्माको मुख्य अभिनय रहेको छ । । यस फिल्म बाट निर्देशक अशोक शर्माका छोरा अंकित शर्माले डेब्यु गरेका हुन् ।
अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको यस फिल्ममा साम्राज्ञी र अंकितसंगै नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन् भने बसन्त श्रेष्ठको कोरियोग्राफी रहने छ ।



