करेन्ट लागेर श्रीमानको ज्यान गयो श्रीमती घाइते

अ+
अ
अ-

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुणराज खड्का रहेका छन् ।उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् ।

३१ वर्षीय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको देखेपछि तत्काल मेन स्विच मार्ने क्रममा श्रीमती वर्ष ३० की सम्झना खड्कालाई समेत करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र बेल्टार पठाइएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।