मेघ जर्गनसहित हावाहुरी र वर्षाको सम्भावना

अ+
अ
अ-

काठमाडौँ / देशका अधिकांश भागमा सोमबार मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् । भने पूर्वका केही र मध्य तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया बदली हुनेछ । बाँकी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।