खोलाघारीस्थित ट्र्याक खोल्ने काम हुँदै

अ+
अ
अ-

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकास्थित–४ को महादेवटारदेखि वडा नं. ६ बनखुचौर जोड्ने मोटरबाटाअन्तर्गत वडा नं. ५ खोलाघारीस्थित ट्र्याक खोल्ने काम हुँदै । करीव दुई किलोमिटर जति रहेको सो सडकखण्ड जोडिएपछि महाभारत गाउँपालिकाको केन्द्र बनखुचौरसम्म जिल्लाभित्रैबाट आवतजावत गर्न सकिने छ ।