मूल्य घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको

अ+
अ
अ-

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार मूल्य घटाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको छ ।यो मूल्य आइतबार राति १२ बजेदेखि लागु भएको हो ।

घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।हवाइ इन्धन (एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।