समाचार

माेरङमा घरको छतबाट लडेर एक युवकको मृत्यु

ईटहरी / माेरङकाे केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो ।

छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छतमा सुतेका राई पिसाब गर्न छेउतिर जाँदा लडेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राइले बताए ।

केही वर्ष अघि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी आमासँग बस्दै आएका राई मदिरा सेवन गरी सुतेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *