समाचार
लगातार बढ्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?
काठमाडौँ,- आज बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मुल्य आज पनि तोलामा ३ सय रुपैयाले बढेको छ ।
बुधबार प्रतितोला ६२ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६२ हजार ३ सय रुपैयामा किनबेच भैरहेको छ । साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार रुपैयामा किनबेच भइरहेको छ ।
केहि दिन यता सुनको मुल्य लगातार बढिरहेको छ।त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ ।बुधबार प्रतितोला ७ सय १५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य सोही मूल्यमा कारोबार भइरहेको छ ।


