uncategorized

दोस्रोपटक संसार देख्न पाउँदा…

जाजरकोट : छेडागाड नगरपालिका – ३ का रत्न सिंह ६१ वर्षको भए । उनले ५१ वर्षको उमेरदेखि संसार देख्न छाडेका थिए। स्थानीय तहले गाउँमै सञ्चालन गरेको स्वास्थ्य शिविरमार्फत उनले ११ वर्षपछि हालै उनले उपचार पाए। रत्न दोस्रोपटक परिवार र आफन्त देख्न पाउँदा खुशी भए। आँखा देख्ने भएपछि घरमा गई खसी नै काटेर खाएको उनले बताए। सोही ठाउँकै सिर्जना विकले करिब पाँच वर्षपछि आँखा देख्न पाउन पाउँदा खुशी भएको बताइन्। ‘आँखा  नदेख्दा सबैले हेप्ने, दुःख दिन्थे’, उनले भनिन्, ‘अब आँखा देख्ने भएपछि घरको अन्य कामदेखि नातिनातिना हेर्ने काम गर्न थालेकी छु।’ आँखा नदेख्दा उनी नाति, नातिनाको सहारामा  हिँडडुल गर्थिन्।  उनीहरू जस्तै गाउँपालिकाका ६६३ जनाले एकै पटक नयाँ संसार देख्न पाएको भन्दै खुसी भएका छन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा आएर सेवा लिएपछि धेरैले पुन: संसार देख्न पाएका हुन्।  दुर्गम गाउँमा कहिले पनि स्वास्थ्यकर्मी नभएर उपचार गर्न नपाएका र अर्थ अभावमा कारण रोग पालेर बस्न बाध्य सर्वसाधारण गाउँमै उपचार पाउँदा खुसी भएका छन्। सामाजिक विकास मन्त्रालयको सहकार्यमा जाजरकोटका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन्। अर्थ अभाव भएका, अशक्त, अपाङ्गता भएका व्यक्तिले शिविरबाट सेवा लिएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिए। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *