समाचार
चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा सहभागीता भएका रविले यसरी गाए भक्तराजको गीत
काठमाडौँ – चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा सहभागीता जनाएर चर्चित पत्रकार रवि लामिछानेले ६ लाख ४० हजार रुपैयाँ जित्न सफल भएका छन् । केडिया अर्जनाइजेशनका तारा चन्दले ३ लाख २० हजार र श्री स्टील्स प्रालीले ३ लाख २० हजार सहयोग दिँदा रविले सोही मञ्चबाट १२ लाख ८० हजार रुपैयाँ कालिकोटको रासकोटमा निर्माणधिन अस्पतालका लागी दिने घोषणा गरेका छन् । रविले अहिले विश्वभर उक्त अस्पतालको लागी आर्थिक अभियान चलाएका छन् ।
रासकोट नगरपालिकाले उपलब्ध गराएको २ सय रोपनी जग्गामा करिब १० करोड रुपैयाँको लागतमा अस्पताल निर्माण गर्न रवि स्वयमले नै आर्थिक पाटोको जिम्मेवारी लिएका छन् । राजेश हमालको उक्त कार्यक्रमबाट करिब १३ लाख रुपैँया उठाएका रविलाई देशबाट मात्रै नभई विदेशबाट पनि सहयोग रकम आउनेक्रम जारी नै छ । गएराती प्रसारण्मा आएको राजेश हमालले संचालन गर्ने को बन्छ करोडपतिमा रविले गज्जबसँग गीत पनि गाएका छन् ।


