समाचार

पेट भरी रोटी खान नदिएको झोकमा यि कामदारले गरे मालिक्नीको हत्या

एजेन्सी- हरियाणाको यमुनानगरमा एक घरेलु कामदारले आफ्नी मालिक्नीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । हत्या गर्नुको कारण भने अचम्मको छ । कामदारले दुई रोटीको लागि आफ्नी मालिक्नीको चक्कुले घाँटी रेटेर हत्या गरेको समाचारमा जनाइएको छ ।

आरोपी कामदारले आफूलाई ७ वटा रोटी खानुपर्ने गरी भोक लाग्ने तर मालिक्नीले ५ वटा मात्र रोटी दिने गरेकोले त्यही रिसमा हत्या गरेको बताइएको छ ।राजेश पासवान नामका ती कामदारले मालिक्नी २६ वर्षकी रोजीको हत्या गरेका हुन् । पुलिसले महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *