विजनेस

गण्डकी प्रदेशले फेवातालमा अर्गानिक कफी सप खोल्ने, कफीको मूल्य दश हजार !

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर फेवातालमा कफी सप खोल्न लागिएको हो ।

पत्रकार सम्मेलन तथा अन्तक्रिर्या कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजना सुनाएका हुन् । उनले उक्त कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गरे ।  मन्त्री लम्सालले भने, ‘त्यो कफी सस्तो मूल्यमा पाइने छैन ।

१ कपको १ सय डलर पर्नेछ । त्यो हाम्रै गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुनेछ ।’लम्सालले भने ।कफी सपमा जान तालबाराही मन्दिरमा जस्तै डुंगा चढेर जाने व्यवस्था समेत हुने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *