समाचार

बारा र पर्साका हावाहुरीपीडितका घर बनाउन सेनाद्वारा दुईवटा प्रस्ताव तयार

काठमााडौं । बारा र पर्सा जिल्लामा चैत १७ गतेको विनाशकारी हावाहुरी र असिना पानीबाट घरबारविहीन भएका परिबारको घर बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।घरबारविहीन भएकाहरूको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्माण प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि सेनाले कुन ढाँचा र कति लागतमा घर बनाउने भन्नेबारे दुईवटा प्रस्ताव रक्षा मन्त्रालयमार्फत सरकार समक्ष पेस गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बारा र पर्साका हावाहुरीपीडितको घर बनाउने जिम्मेवारी पाएसँगै सेना त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो । एउटा घरपरिवारका लागि आवश्यक पर्ने न्यूनतम मापदण्ड समेटेर सरकार समक्ष दुईवटा प्रस्ताव पेस गरिएको छ ।

पहिलो प्रस्तावमा करिब छ लाख रुपियाँको लागतमा तयार हुनेगरी दुई वटा कोठा, एउटा भान्साघर र एउटा शौचालयसहितको घर निर्माण गर्ने र दोस्रोमा दुई वटा कोठा, एउटा शौचालय र बरण्डामा भान्सा घर निर्माण हुने गरी प्रस्ताव गरिएको छ ।

प्रस्ताव दुई अनुसारको घर निर्माणका लागि प्रति घर पाँच लाख रुपियाँ अनुमान गरिएको प्रबक्ता पाण्डेले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *