समाचार
गण्डकी प्रदेश सरकारको वर्षदिन : कानून निर्माणमा उपलव्धि
कृष्ण दवाडी : कास्की, ५ फागुन /गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ ।

आवश्यक ऐन, कानून तथा कार्यविधि निर्माण प्राथमिकतामा राखेको सरकारले चालू आर्थिक वर्षलाई नीति तथा संरचना निर्माण वर्षको रुपमा वार्षिक नीति तथा कार्यक्रममा घोषणा गरेको थियो ।