मनोरञ्जन

हो मैले बनाएको हो उस्लाई वेश्या:कविता

काठमाडौं ।

बिस्नु फडेराको एक ब्यङ्ग्यात्मक कविता

समाज संग शिर ठाडो पारेर बोल्न नसक्ने उ
समय संग टक्कर दिएर हिड्न नसक्ने ऊ ।

घरि रुने घरि हास्ने गर्छ आजकाल
हो मैले बनाएको हो उस्लाई वेश्या ।

जोवन संग जिन्दगि साटेर
अनि यौवन संग अनुभुति साटेर
सहरको पर्खालमा रहरलाइ उक्लाउदैँ
घरि लड्ने गर्छ घरि उठ्ने गर्छ
हो मैले बनाएको हो उस्लाई वेश्या ।

आमा र बा को आशा र भरोषा उ
जिन्दगि संग पैशा साटेर
हजारौँको चौतारि बनिरहेकि छ ।

घरिे सेन्र्टोमा घरि टोयटामा सयर हुन्छ आजकाल
हो मैले बनाएको हो उस्लाई वेश्या ।

कुर्था सलवारमा सलले लाज छोप्ने पहिले
शरिरको एक एक अंग छोपेर घामलाइ समेत टक्कर दिने उ
घामलाई समेत लाज लाग्ने पहिरन गर्छे
प्दशनीमा राखिने उत्कृष्ट मोडेल बनिरहेकी छे आजकाल
घरि बेचिन्छ घरि फिर्ता हुन्छ आजकाल
हो मैले बनाएको हो उस्लाई वेश्या ।

रातसंग डराएर आफ्नो भाई साथीबनाएर सुत्ने उ
हात समाएर दाईसँग घुम्न डराउने उ
गाँउ छोडेर सहर अनि सहर छाडेर गाँउ जाँदा रुने उ
कैंयौ रातहरु एक्लै बस्दा केहि गुमाएको महसुस गर्छे आजकाल
साँझ नपर्दै चाँदनी जसरि धपक्कै बल्छे उ
नाता संग कुनै डर छैन उस्लाई
आफन्तसंग मतलव छैन उस्लाई।

यौवनको व्यापार गरेर मनग्य फाईदामा छ उ
माया दया स्नेह त के थकान समेत भुलिसकि उस्ले
घरि सुत्छे घरि उठ्छे आजकाल
हो मैले बनाएको हो उस्लाई वेश्या ।

तर
उ आफै यस्तो भाको होईन ।
कस्सम साँच्चि भनेको उ आफै यस्तो भएको होईन ।

मायाको नाटकमा प्रेमको विष घोलेर
संगै जिउने मर्ने झुटोबाचासंग उस्कको मुटु साटेर
पागल प्रेमिको भाँडोमा धोका मिसाएर
हर दिन उस्लाई लुटिरहे मैले

हर चित्कार सहेर साथ दिई रहि उस्ले
मैले लुटेको त्यो अस्तित्वलाई बचाउन उ
समाजसंग टक्कर गर्न उ
हर दिन दुखाई सहन्छे हजारौका लागि
आफु सुख्खा बनेर हररात प्यास मेटाउछे लाखौका लागि
घरि हाँस्छे घरि रुन्छे आजकाल
हो मैले बनाएको हो उस्लाई वेश्या ।

बिस्नु फडेरा
हुम्ला हाल काठमाडाै

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *