समाचार

चिनियाँ राष्ट्रपति छिट्टै नेपाल आउनुुहुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनफिङ चाँडै नेपाल आउने विश्वास दिलाएका छन् ।

५ दिने चीन भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो जनाएका हुन् । उनले भने,“चिनियाँ राष्ट्रपति छिट्टै नेपाल आउनुहुन्छ, उहाँले मसँगको एक्लाएक्लै वार्तामापनि नेपाल भ्रमणमा आउने ईच्छा व्यक्त गर्नुभएको छ, हामी उहाँलाई स्वागत गर्न आँतुर छौं ।”

त्यस्तै ओलीले चिनियाँ रेल काठमाडौं ल्याउनेबारे पनि सहमति भएकोले अब छिट्टै फिजिविलटी र डिपिआर तयार हुने जनाए । राष्ट्रपति सिले आफूसँगको भेटमा माओलेपनि नेपालमा चिनियाँ रेल पुर्याउँछु भन्नुभएको कुरा सुनाएको ओलीले जनाए । उनले भने,“चिनियाँ राष्ट्रपतिले माओको सपना अब म पुरा गर्छु भन्नुभएको छ, बेईजिङ, रसुवागढी, काठमाडौं, लुम्बिनी हुँदै पोखरासम्म रेल आउँछ।”

उनले भ्रमणका क्रममा भएका महत्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता महत्वपूर्ण दस्तावेज भएको बताए। ‘चिनियाँ राष्ट्रपतिले पनि नेपाल रेल पुर्‍याउने आफ्नो भिजन भएको बताउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पूर्वसम्भाव्यता अध्ययनको क्रममा रहेको रेलमार्गका हरेक निर्णय परिपक्व भएर गरिनेछ।’ रेलमार्गको लगानीका सन्दर्भमा अहिले टुंगो लागि नसकेको प्रधानमन्त्रीले बताए।

ओलीले रेल निर्माण पैसा हुनेले गर्ने समेत जनाए । उनले भने,”जोसँग पैसा छ, उसले लगानी गर्ने हो।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *