समाचार
प्रचण्डको विज्ञप्तिले अमेरिका रुष्ट, ओलीलाई तनाव, अर्को विज्ञप्तिको तयारीमा सरकार

माघ १४, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट छन् ।
आफूसँग कुनै सरसल्लाह नै नगरी भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै हतारिएर दाहालले प्रेस विज्ञप्ती जारी गरेको भन्दै ओली र उनका पक्षधर असन्तुष्ट भएका हुन् ।

