८ हेक्टर जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनले स्टेडियम बनाउने !

अ+
अ
अ-

काठमाडाै, ७ वैशाख । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनेको क्रिकेट रंगशालाका लागि ललितपुरको गोदावरीमा प्रस्ताव गरिएको छ।

फाउन्डेशनले ललितपुरमा भएको सरकारी ८ हेक्टर जग्गामा स्टेडियम बनाउने प्रस्ताव मन्त्रालयलार्इ बुझाएको र मन्त्रालयको जवाफ पश्चात थप काम अगाडी बढ्ने फाउन्डेसनका सहयोगी अनिश लामिछानेले बताए।

यसअघि पनि फाउन्डेशनले देशका विभिन्न क्षेत्रमा जग्गा हेर्दै मन्त्रालयलार्इ प्रस्ताव गरेको थियो। बिहीबार फाउन्डेशनले गोदावरीको उक्त जग्गाको प्रस्ताव गरेको थियो। फाउन्डेशनले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको अवलोकन गरेको थियो।

पछिल्लो समय चोभारमा मैदान बनाउने भनिएपनि सरकारी स्वीकृती नभएपछि सो स्थानमा स्टेडियम बनाउने काम अघि बढ्न नसकेपछि फाउन्डेशनले गोदावरीमा जग्गा अवलोकन गरेको हो।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि धर्मुस सुन्तली फाउन्डेशनले क्रिकेट मैदानको आवश्यकता महसुस गरि मैदान निर्माण अभियान अघि बढाएको छश्र फाउन्डेसनले जग्गा प्राप्तिपछि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।