समाचार
रक्ताभाव हुन नदिन रक्तदाता पहिचान

काठमाडौँ,११ माघ । गोरखा जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीले अब रगत अभावका कारण सास्ती खेप्नु नपर्ने भएको छ । अस्पतालमा उपचारका लागि बिरामीलाई आकस्मिक रगत आवश्यक परे उपलब्ध गराउन सक्ने गरी लियो क्बल अफ गोरखाले ८२ रक्तदाताको परिचान गरेको छ ।
यससँगै अस्पतालमा उपचार गर्न आउने बिरामीका आफन्त रगतको खोजीमा भौँतारिनुपर्ने बाध्यता हट्ने भएको छ । जिल्लामा रक्तसञ्चार केन्द्र नभएकाले रगत अभावका कारण बिरामीले ज्यानै गुमाउनुपर्ने जोखिम रहँदै आएको थियो । क्लबले आकस्मिक रगत उपलब्ध गराउन सजिलो होस् भनेर युवाको रक्त पहिचान गरेको क्लबका हेल्थ कोर्डिनेटर अस्मिता खड्काले जानकारी दिनुभयो । क्लबले गोरखा नगरपालिकास्थित महेन्द्रज्योति माध्यमिक विद्यालय दरबारमार्गमा विद्यार्थीको निःशुल्क रक्त समूह पहिचान गरी तथ्याङ्क राखेको उहाँले बताउनुभयो ।