समाचार

पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेस नेता राजेन्द्रप्रसाद खरेलको निधन

२०८३ असार ८ साेमबार ,
काभ्रेपलाञ्चोक। नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री राजेन्द्रप्रसाद खरेलको गए राति निधन भएको छ। लामाे समयदेखि विरामी खरेलकाे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। उहाँको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा गरिने छ।

स्वर्गीय खरेल नेपाली कांग्रेसका अग्रज नेता तथा गिरिजाप्रसाद काेइरालाकाे मन्त्री मण्लमा शिक्षा समेत हुनु भएकाे थियो । पञ्चायत विराेधी आन्दोलनमा सक्रिय उहाँका पुत्र महेश खरेल पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का सभापति हुनुहुन्छ ।

उहाँको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। राजेन्द्रप्रसाद खरेलको निधनले नेपाली कांग्रेस तथा काभ्रेपलाञ्चोकको राजनीतिक वृत्तमा अपूरणीय क्षति पुगेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *