प्रवाससमाचार

भारतीय पत्रकारलाई परराष्ट्रमन्त्रीको स्पष्ट जवाफ : ‘लिपुलेकबारे नेपाललाई नसोधी भारत–चीन सहमत हुन सक्दैनन्’

२०८३ जेठ २४ आइतबार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले  लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि भएको दोहोर्‍याउँदै नेपाललाई नसोधी भारत र चीनले त्यसबारे कुनै सहमति गर्न नसक्ने बताएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट पार्दै, उनले नेपाल–भारत सीमा विवाद समाधानका लागि ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखे।

मन्त्री खनालले  प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेको प्रश्नमा नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक कागजातमा पहुँच र तथ्यगत अध्ययनलाई महत्त्व दिएको स्पष्ट पारेका छन् ।

नेपाल र भारतबीच लामो समयदेखि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवाद रहँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *