समाचार

श्रमिकको सुरक्षा माग गर्दै मजदुर संगठनले बुझाए महानिर्देशकलाई ध्यानाकर्षण पत्र

कार्तिक ४ आइतबार ,२०८१
काठमाडौ । श्रमिकहरुकाे  पक्षमा वकालत गर्दै आएकाे संस्था नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन, नेपाल एकीकृत हाेटल, क्यासिनाे तथा रेष्टुरेन्ट मजदुर यूनियनले,श्रमिकहरुकाे सुरक्षाकाे माग गर्दै ,श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग मिनभवनमा ध्यानाकर्षण पत्र बुझाएका छन् । आज विभागका महानिर्देशकलाई श्रमिक संगठनका नेताहरुले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

श्रम तथा राेजगार कार्यालय टेकू, काठमाडौंका कर्मचारीले ट्रेड यूनियन विरूद्ध अनावश्यक प्राेपाेगाण्डा मच्चाउने काम गरेकाले उक्त कार्य तत्काल राेक्न अनुराेध गर्दै मजदुर वर्गकाे सम्मान गर्न अपिल गरिएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, `श्रम तथा राेजगार कार्यालय काठमाडौका कर्मचारीले मजदुर संगठनका नेताहरूलाई  आपत्तिजनक र अपमानित शब्द प्रयाेग गर्ने ,श्रमिक संगठनका विरुद्ध गलत अभिव्यक्ति दिने, श्रमिकलाई परेकाे समस्याको  काममा ढिलासुस्ती गर्दै आएकोेले उक्त कार्य प्रती श्रमिक संगठनहरुकाे ध्यानाकर्षण भएको छ। ´

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्की ,नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनकि अध्यक्ष तारादेवी के सि, नेपाल एकीकृत हाेटल ,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका उपाध्यक्ष हेम बहादुर पंण्डितद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ` उक्त कार्यालयका कर्मचारीले कानून सम्मत निवेदन दर्ता गर्न नमान्ने, श्रमिकलाई डर, धम्की दिदै थर्काउने ,श्रमिक संगठनमा मजदुरलाई नलाग्न भन्ने र संगठनहरुले राेजगारदाता कम्पनीसंग पैसा खाने गरेका छन् भनी गलत आराेप लगाउने गरेकाले राज्यकाे संविधान र ऐन विरुद्ध बाेल्ने कर्मचारीलाई तुरुन्तै बिभागिय कार्बाही गर्न माग गरिएको छ। ´

ध्यानाकर्षण पत्र बुझ्दै श्रम तथा ब्यवसाय जन्य विभागका  महानिर्देशक अर्जुन प्रसाद भट्टराईले  सम्बन्धित कार्यालयका प्रमुखलाई बाेलाएर छलफल गर्नुका साथै कानून विपरीत अभिव्यक्ति दिने, श्रमिकलाई अनावश्यक दुःख दिने, निवेदन दर्ता गर्न नमान्ने, काममा ढिलासुस्ती गर्ने, श्रमिकको कुरा नसुन्ने  कर्मचारीलाई सचेत गराउने र यदि सचेत गराउँदा पनि नभए  कानून बमोजिम विभागिय कार्वाही गर्ने प्रतिबद्धता ब्यक्ति गर्नु भयो ।

महानिर्देशककाे कार्यालय मिनभवनमा मजुदर संगठनका नेताहरु बाक्लाे उपस्थिति रहेको थियो । ध्यानाकर्षण पत्र बुझाउने संगठनका नेताहरु नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्की , महासचिव बेद प्रसाद हुमागाँई, नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनकि अध्यक्ष तारादेवी के .सि .नेपाल एकीकृत हाेटल ,क्यासिनाे तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष र उपाध्यक्ष समेत सामेल हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *