समाचार

कुलमानलाई दुई वर्षको लागि मात्रै नियुक्त गरिने !

काठमाडौं, २६ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि आज बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने भएको छ । तर, चार वर्षको लागि होईन । घिसिङलाई दुई वर्षको लागि मात्रै उक्त पदमा निरन्तरता दिन लागिएको छ । उर्जामन्त्री वर्षमान पुनले पनि सोहीअनुसार प्रस्ताव तयार पारेको र आज बस्ने मन्त्रिपरिषद बैठकमा पेश गर्ने स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निर्देशनअनुसार मन्त्री पुनले घिसिङलाई दुई वर्षको लागि मात्रै नियुक्त गर्नेगरि प्रस्ताव तयार पारेका छन् । घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । यसअघि सामाजिक सञ्जालमा घिसिङलाई प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्ने मागसहित सामाजिक सञ्जालमा दबाब सिर्जना गरिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङप्रति त्यति सकारात्मक छैनन् । घिसिङले प्राधिकरणको नेतृत्वदायी भूमिका रहेर निर्वाह गरेको भूमिकाको जस ‘व्यक्ति–एक्लैले’ लिन खोजेको प्रधानमन्त्री ओलीको गुनासो छ ।

सम्भवतः आफूसँग प्रधानमन्त्री सकारात्मक नभएको बुझेर होला घिसिङले सार्वजनिक रुपमै आफ्नो धारणा राख्दै सरकारको विरोधमा आलोचना नगर्न र लोडसेडिङ अन्त्यमा आफ्नोमात्रै व्यक्तिगत भूमिका नरहेको स्पष्ट पारेका थिए । उनले आफ्नो पुर्ननियुक्तीको विषयलाई लिएर प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनविरुद्ध व्यक्तिगत लाञ्छना नलगाउन अपिल गरेका थिए । र, उनले आफूले प्रधानमन्त्री र उर्जान्त्रीकै निर्देशनमा काम गरेको पनि विश्वास दिलाएका थिए ।

कुलमानबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने कुरा होईन : उद्योगमन्त्री लेखराज भट्ट (भिडिओसहित)

उनले विज्ञप्तीमार्फत भनेका थिए,‘मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।’

त्यस्तै, उनले प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत उल्लेखनीय उपलब्धीहरु हासिल भएको पनि जनाएका थिए । लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाकै कारण सम्भव भएको कुरा पनि घिसिङले विज्ञप्तीमा समावेश गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *