स्वास्थ्य

गुल्मीमा कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो

तिलाचन पाण्डे, तम्घास, ३२ जेठ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।

मृतक व्यक्तिमा जेठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए।

केही दिनअघिदेखि उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो । आइसोलेसनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुइँमै राखेर उपचार गरिएको थियो ।

शवलाई राती नै व्यवस्थापन गर्ने स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । उनका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती छन् ।

गुल्मीमा यसअघि कोरोना सङ्क्रमणकै कारण मदाने गाउँपालिका वडा नं ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।-गोरखापत्रबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *