स्वास्थ्य

नेपाल पनि कोरोना भाईरसको जोखिममा, प्रतिरोधात्मक माक्स समेत नपाईने डा. कोईरालाको भनाई

बिराटनगर । नेपालमा कोरोना भाईरस भित्रिने खतरा प्रबल रहेको र सरकारको रोकथामको तयारी पर्याप्त नभएको बिराट मेडिकल कलेजका डा. पुरु कोईरालाले बताएका छन । अहिले बिश्वमा माहामारीको रुप लिईरहेको कोरोना भाईरस नेपालमा पनि भित्रिने सम्भावना बढी भएको भन्दै उनले रोकथामका लागी एउटा भरपर्दो माक्स समेत नेपालका सबै भेगमा नपाईने गरेको उनले बताए । केही अस्पतालमा शंकास्पद बिरामी देखिए उपचारका लागी ब्यबस्था मिलाईएको भनिएपनि त्यो पर्याप्त नभएको उनको दाबी छ । सरकारले चीनसँग सीमा जोडिएका क्षेत्रमा नाका बन्द गरेपनि रोग बन्द गर्न नसक्ने भन्दै उनले प्रभावकारी कदम चाल्नुपर्ने बताए । चीनमा मात्र सो रोगबाट अहिले सम्म ५ सय बढी मानिसहरुले ज्यान गुमाईसकेका छन । डा. कोईराला सँग कोरोना भाईरसका बिषयमा गरिएको ताजा भिडियो कुराकानी :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *