समाचार

अन्तरवार्ता चलिरहँदा आमा र भाईलाई सम्झेर एक्कासी भक्कानिए बिक्रम बराल, श्रीमती अनु पनि रोइन्

काठमाडौँ । नेपाल आइडलबाट रातारात चर्चामा आएका गायक बिक्रम बरालको कामको चौतर्फी चर्चा छ । विक्रम वरालकी प्रेमीका अनु गहतराज विक्रमले नेपाल आइडलमा प्रतिस्पर्धा गरेकै समयमा उनलाई भेट्न आएपछि अनु पनि चर्चामा आइन् । अहिले विक्रम र अनुले विवाह गरीसकेका छन् । कलाकारहरुको वर्तमान जिवन देखेर जो कोही दर्शक श्रोता पनि लोभिन्छ । तर उनीहरुको जिवनमा पनि निकै संघर्षको कथा हुन्छ ।

अझ छोराछोरीलाई त्यो अवस्था सम्म ल्याउने आमाबुवाको संघर्ष त्यो भन्दा कठिन हुन्छ । विक्रम वराल पनि त्यस्तै पृष्ठभूमीवाट आएका एक सफल गायक हुन् । उनको परिवारले पनि विक्रमलाई अहिलेको अवस्था सम्म आइपुग्न विक्रमले गरेको संघर्षमा उत्तिकै साथ दिए । आजको यो भिडियो अन्तरवार्ताका क्रममा जब विक्रमले आफ्नो आमाको संघर्ष सम्झिए उनको आँखा रसाएको त्यो पल पनि कैद भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *