समाचार
पाँचथरकाे हेवा खाेलामा शव फेला पर्यो
पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ६ का ७० बर्षीय दल बहादुर योङहाङ मृत्य मृत अवस्थामा फेला परेका छन् । आईतबार दिउँसो फिदिम नगरपालिका वडा नम्बर ४ स्थीत हेँवा खोलामा पानीमै तैरीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनी शनिबार घरबाट हराएको परिवारका सदस्यहरु प्रहरी समक्ष खबर गरेका थिए । तर आज योङहाङ शव हेवा खोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सव पोष्टम्याट लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको छ ।



