रसुवा भोटेकोशी बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख राहत

अ+
अ
अ-

काठमाडौं । रसुवा भोटेकोशी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

नेपाल प्रहरीका अनुसार दिवंगत प्रहरी कर्मचारीका परिवारलाई प्रहरी नियमावलीबमोजिम प्राप्त हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप उक्त रकम उपलब्ध गराइनेछ।

त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरिएको छ। परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ।

दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय पनि भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले यी निर्णय गरेको हो