अ+
अ
अ-
काठमाडौ । जेन्जी स्मृति दिवसको अवसरमा काठमाडौंको पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका घाइते युवा पवन खड्का पक्राउ परेका छन्।
कार्यक्रममा जेन्जी आन्दोलनको पक्षमा आफ्ना धारणा राखिरहेका बेला सहभागी केही जेन्जी युवाले हुटिङ गरेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो।
आन्दोलनका घाइते युवालाई नै स्मृति दिवसको कार्यक्रममा पक्राउ गरिएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका छन्।


