अ+
अ
अ-
काठमाडौँ, हेटौँडा हुँदै चितवन तथा पूर्वतर्फ जाने सडक अवरुद्ध भएको छ। मकवानपुरको भैँसेमा अत्यधिक सवारी चापका कारण सडक अवरुद्ध भएको स्थानीयले बताएका छन्।
ठूला सवारीसाधनको अत्यधिक चापका कारण भैँसे क्षेत्रमा बिहान ८ बजेदेखि नै सडक अवरुद्ध भएको सोही बाटो हुँदै चितवन यात्रा गरेका एक यात्रुले जानकारी दिएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण सडक सञ्चालनमा कठिनाइ भएपछि चितवन हुँदै पश्चिमतर्फ जाने सवारीसाधनलाई हेटौँडाबाट भीमफेँदी, सिस्नेरी र दक्षिणकाली हुँदै काठमाडौँ जाने वैकल्पिक रुट तय गरिएको थियो।
सोही वैकल्पिक रुट हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको संख्या अत्यधिक बढेपछि भैँसे क्षेत्रमा सवारी चाप बढेर सडक अवरुद्ध भएको बताइएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ।


