अ+
अ
अ-
काठमाडौ । सरकारले किसानलाई आवश्यक पर्ने २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारसँग जी टू जी (G2G) माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार धानबालीमा प्रयोग गर्ने मलको अभाव देखिएपछि किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले भारत सरकारसँग जी टू जी माध्यमबाट मल खरिद गर्न लागिएको हो।
मल अभावका कारण समस्यामा परेका किसानले सरकारको यो निर्णयसँगै आगामी दिनमा सहज रूपमा डीएपी मल पाउने छन् ।


