समाचार

एमालेका पूर्व वडाध्यक्ष दिनेश राई श्रम संस्कृति पार्टीमा प्रवेश

२०८३असार ७ आइतबार
खाेटाङ। खोटाङको बुइपा क्षेत्रमा नेकपा एमालेबाट लगातार दुई कार्यकाल निर्वाचित वडाध्यक्ष दिनेश राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

असार ७ गते दिक्तेलमा आयोजित पार्टीको हातेमालो कार्यक्रममा राईलाई पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टी सदस्यता प्रदान गरेका हुन्।

राई लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनको पार्टी प्रवेशसँगै श्रम संस्कृति पार्टीले बुइपा क्षेत्रमा आफ्नो संगठन विस्तार तथा जनआधारलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

पार्टीका अनुसार स्थानीय तहमा अनुभव हासिल गरेका राईको आगमनले संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। बुइपा क्षेत्रमा उनको प्रभाव र राजनीतिक अनुभवले पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास श्रम संस्कृति पार्टीले लिएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *