समाचार

सीमुलक तालिमको प्रमाणपत्र वितरण

भाद्र ४, बुधबार, २०८२,
काभ्रेपलाञ्चोक । नेपाल सरकार, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुरको वित्तीय सहयोगमा नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि. द्वारा सञ्चालित तालिमका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ।

संस्थाद्वारा धुलिखेलमा बारिष्टा र बनेपामा वेटर गरी दुई विषयमा सम्पन्न तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बाँसुरी बिजनेश ग्रुप तथा बाँसुरी होटल प्रा.लि. का सञ्चालक सरोज कुइकेल रहेका थिए। सहभागीलाई प्रमाणपत्र वितरण गर्ने जिम्मेवारी पनि कुइकेलकै हातबाट सम्पन्न गरिएको थियो।

नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि. काभ्रेका तालिम संयोजक मोहन गजुरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *