समाचार
भुम्लुले गर्याे एसईईमा उत्कृष्टलाई पुरस्कृत, जनही १ लाख नगद

असार २३ साेमवार २०८२
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाँउपालिकाले हरेक वर्ष झै यस वर्ष पनि एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र-छात्रालाई १/१लाख पुरस्कार प्रदान गरेकाे छ। आज एक कार्यक्रम बीच पालिकाले विद्यार्थीहरुलाई प्राेत्साहन स्वरुप जनही १/१ लाख नगद उपलब्ध गराएको हो ।
भूम्लु सरकारले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार दिन सुरु गरेकाे यो तेस्रो वर्ष हो । यस वर्ष छात्र तर्फ वडा नम्बर १ स्थित सेतिदेवी माध्यामिक विद्यालयका प्रशन गिरीले ३ दसमलव ७४ जिपिए ल्याउन सफल भएका थिए। यस्तै मनिता खडका, अरुणाेदय माध्यमिक विद्यालय वडा नम्बर २ सिमथलिकी छात्राले ३. ४४ जिपिए ल्याएर छात्रा तर्फ उत्कृष्ट भएकी थिइन् ।
उनिहरुले एसईईमा उत्कृष्ट अंक पाए बापत १/१ लाख नगद प्राप्त गरेका छन् । जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्यायनमा सहयोग पुग्ने र नयाँ कक्षाका विद्यार्थीलाई प्राेत्साहन गर्ने उदेश्यले गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रेम बहादुर भूजेल,उपाध्यक्ष जितेन्द्र मान तामाङ , जिल्ला समन्वय समितिका सदस्य कमल राज गिरि, प्रमुख प्रशासकिय अधिकृत , वडा नम्बर ५ का वडा अध्यक्ष , नेपाली काङ्ग्रेसका युवा नेता भाेजराज उप्रेती लगायतले संयुक्तरूपमा विद्यार्थीहरुलाई सम्मान सहित रकम हस्तान्तरण गर्नु भएको हो ।
एसईई परिक्षामा धेरै विद्यार्थी उतिर्ण गराउन सफल ३ विद्यालयलाई पनि सम्मान र पुरस्कृत गरिएको छ। वडा नम्बर ७ काे शारदा माध्यमिक विद्यालय ,वडा नम्बर ६ काे जनता माध्यमिक विद्यालय र वडा नम्बर १काे सेतिदेवी माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरु एसईईमा सत प्रतिसत उत्तीर्ण भएका थिए। सत प्रतिसत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई नगद २५ हजार र सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुने विद्यार्थी लगायत उत्कृष्ट विद्यालयले गाउँपालिकाकाे उक्त कार्यकाे खुलेर प्रशंसा गरेका छन् । यसै अबसरमा गाउँपालिकालाई निशुल्क शिक्षा गाउँपालिका घाेषणा गरिएको छ।

