समाचार

जबजकाे अौचित्य सकिएको छैन :अध्यक्ष नेपाल

माघ २१ आइतबार ,२०८०
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझ पनि जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् ।आइतबार काठमाडौंमा कृषिमन्त्री तथा  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ लोकार्पण कार्यक्रममा  नेपालले जबज गाम्भीर्यता बुझ्न आग्रह गरे।

उनले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको भन्दै उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखे
समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिको त्यतिकै उपादेयता रहेको भन्दै उनले भने, ‘हाम्रो समाजवाद चीनको जस्तो हुँदैन, भियतनामको जस्तो हुँदैन। क्युबाको जस्तो पनि हुँदैन। हाम्रो समाजवाद बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुन्छ।’

कम्युनिस्ट पार्टीको अस्तित्व रक्षाका लागि पनि जबज आवश्यक रहेको न्दै नेपालले ‘कम्युनिस्ट पार्टीको अस्तित्वलाई धराशयी पार्नका लागि साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्। हाम्रो देशको राजनीतिमा कम्युनिस्ट पार्टीलाई लोकप्रिय पार्टीको रूपमा अगाडि बढाउनुछ भने राष्ट्रियताको पक्षपोषक, लोकतन्त्रको संवाहक, परिवर्तनको बाहक पनि कम्युनिस्ट पार्टीबाट पुष्टि गराउनुछ भने हामीले आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताको साथ अगाडि बढाउनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *